Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रधानमन्त्री शाह लेख्छन्,’हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु’

प्रधानमन्त्री शाह लेख्छन्,’हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु’

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले साताभरि कामपछि हुने बिदाका दिन आफू जिस्किने गरेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    सार्वजनिक बिदाका दिन आइतबार साँझ फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेको तस्बिरसहित ‘देश बनाउने टोली’ लेखेको तीन घण्टापछि अर्को स्टाटस लेखेका हुन्।

    AGNI GROUP

    दोस्रो स्टाटसमा उनले लेखेका छन्, ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन..दु:ख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।’

    सम्भवत: प्रधानमन्त्री शाहले फेसबुकमा गरिने पोस्टलाई मानिसले हल्का रूपमा लिन सक्छन् भनेर उक्त स्पष्टीकरण दिएका हुन्।

    यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) रास्वपाका सांसद केपी खनालले सञ्चालन गरेको चिया पसलमा पुगेर मुस्कुराउँदै चिया पिएको भिडिओ सार्वजनिक भएको छ।

    हिजो (आइतबार) बालेनले आफ्नो टिमसहित काठमाडौँको शंखमुलस्थित सांसद खनालको ‘चियादानी’मा पुगेर चिया पिएका हुन्। पानी परिरहेको बेला बालेन छाता ओडेर मुस्कुराउँदै चियादानीमा गएको र चिया पिउँदै गरेको भिडिओमा देख्न सकिन्छ।

    बालेन आफ्ना स्वकीय सुवास शर्मासहितका साथीहरूलाई साथमा लिएर चियादानीमा गएका हुन्। यसअघि पनि बालेनले चियादानीमा पुगेर चिया पिउने गरेको सांसद खनालले बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट