
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरू सँगको भेटघाटअघि रुस र युक्रेनबीच चलिरहेको युद्धको बारेमा आफ्नो अडान स्पष्ट पारेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै समाप्त गर्न सक्ने बताएका छन् ।
उनले भनेका छन्- 'यो कसरी सुरु भयो भनेर सम्झनुहोस् । ओबामाले दिएको क्रिमिया फिर्ता हुनेछैन (१२ वर्ष पहिले, एक गोली नचलाईकन !) र युक्रेन नाटोमा सामेल हुनेछैन । केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्।'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्की सोमबार भेट्ने कार्यक्रम छ ।
साथै बेलायती प्रधानमन्त्री केयर स्टारमर र धेरै युरोपेली नेताहरू पनि जेलेन्स्कीसँगै यस बैठकमा उपस्थित हुनेछन् । ट्रम्प-जेलेन्स्की बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमर,इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज,फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, नेटो महासचिव मार्क रुट र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन सहभागी हुदैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij