Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

बन्दकर्ता बाटैमा पक्राउ

बन्दकर्ता बाटैमा पक्राउ

  • काठमाडाैँ । बन्द गराउँदै हिँड्ने करिब २ दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।

    मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन् ।

    images
    images
    images

    प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ । 

    images

    फाइल तस्वीर 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij