
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर । ललितपुर महानगरपालिका–४ का पूर्ववडाध्यक्ष नारायण केसीको निधन भएको छ । उनको आज बिहान ९ बजे हृदयघातबाट मृत्यु भएको हो ।
घरमा हृदयघात भएपछि उनलाई जावलाखेलस्थित अल्का अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । श्रद्धान्जलीका लागि उनको पार्थिव शरीर वडा नम्बर ४ को कार्यालयमा राखिएको छ ।
उनको आजै पशुपतिमा दाहसंस्कार गरिने जनाइएको छ । केसी २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij