Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

 विमानस्थलबाट ८ सय २१ ग्राम सुनसहित दुईजना पक्राउ

 विमानस्थलबाट ८ सय २१ ग्राम सुनसहित दुईजना पक्राउ

  • काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सुन तस्करीलाई प्रहरीले पक्राउ गरेको छ ।  

    दुबईबाट मलद्वार र जुत्ताको तलुवामा लुकाएर सुन ल्याउने दुईजनालाई सुरक्षा कार्यालय र अपराध महाशाखाको संयुक्त टोलीले भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेख र इर्साद अहम्मदलाई  पक्राउ गरेको हो । 

    images
    images
    images


    भारतको गुजरात घर भएका मोहम्मद साहिद इब्राहिम शेखले मलद्वारमा लुकाएर ल्याएको ३ सय ७९ ग्राम सुन प्रहरीले बरामद गरेको छ । केराला घर भएका इर्साद अहम्मदको साथबाट ४४२ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । इर्सादले जुत्ताको तलुवा र पाइन्टको बेल्टमा लुकाएर सुन ल्याएका थिए ।


    बरामद ८ सय २१ ग्राम सुनसहित प्रहरीले उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij