Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

करिब ८ प्रतिशतले घट्यो रेमिट्यान्स

करिब ८ प्रतिशतले घट्यो रेमिट्यान्स

  • काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम विप्रेषण(रेमिट्यान्स) निरन्तर रुपमा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म पनि रेमिट्यान्स घट्ने दर नरोकिएको छैन् ।

    images
    images
    images

    बुधबार प्रकाशित केन्द्रीय बैंकको चार महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह गत वर्षको भन्दा ७.५ प्रतिशतले घटेको हो । यो अवधिमा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ जुन गत आवको भन्दा ७.५ प्रतिशतले कम हो । आर्थिक वर्ष ०७७÷०७८ को समीक्षा अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

    चालु आवको कात्तिक महिनामा मात्रै जम्मा ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । असोज महिनामा झण्डै ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो महिनाको भन्दा ९ अर्ब बढीले कम हो ।

    कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या बढेर ९६ हजार ३ सय ८२ पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको समीक्षा अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।

    यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij