Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

मन जित्दै यूट्युबमा ‘जात्रै जात्रा’

मन जित्दै यूट्युबमा ‘जात्रै जात्रा’

  • कोभिड १९ का कारण १० महिनादेखि सिनेमा हल बन्द छन् । जसले गर्दा दर्शकले हलमा गएर नयाँ फिल्म हेर्न पाएका छैनन् । यही पुष १० गतेबाट देशभरका सिनेमा हल खोल्ने हल व्यवसायीहरुले घोषणा गरेपनि तत्काल नयाँ फिल्म प्रदर्शन हने सम्भावना न्यून छ । कोरोना महामारीको समयमा हलमा प्रदर्शन भइसकेका फिल्म यूट्युबमा हेरेर दर्शकले मनोरञ्जन लिइरहेका छन् ।
     
    लकडाउन भएयता ‘पोइ पर्‍यो काले, साइँली, प्रसाद, ए मेरो हजुर ३, दाल भात तरकारी, सेल्फी किङ, क्याप्टेन, शुभ लभ, चंगा चेट’ लगायतका फिल्म यूट्युबमा सार्वजनिक भए । लकडाउनमा यूट्युबमा सार्वजनिक भएका प्रायः फिल्मले दर्शकको उल्लेख साथ पाएका छन् । गएको ६ दिन अगाडि यूट्युबमा सार्वजनिक भएको फिल्म ‘जात्रै जात्रा’ लाई पनि दर्शकले निकै रुचाएका छन् ।
     प्रदीप भट्टराई निर्देशित फिल्मलाई यूट्युब रिलिजको ६ दिनमा २४ लाख बढी भ्यूज र ४८ हजार लाइक्स मिलेको छ । फिल्म हेरेर २ हजार बढीले आफ्नो प्रतिक्रिया जनाएका छन् । २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा बम्पर व्यापार गरेको थियो । समीक्षक र दर्शकबाट पनि फिल्मले उम्दा प्रतिक्रिया पाएको थियो । यूट्युबमा पनि फिल्मलाई दर्शकले प्रशंसा गरेका छन् ।
     
    फिल्मले ९५ प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । प्रायःले कलाकारको अभिनय, कथावस्तु, गीत(संगीत, डाइलग र निर्देशकिय पक्षको प्रशंसा गरेका छन् । यूट्युबमा फिल्मले पाएको सकारात्मक प्रतिक्रियाबाट निर्माण टिम हौसिएको छ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बनियाँ, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।
     
    ‘जात्रै जात्रा’ को सफलतापछि यसको निर्माण टिम ‘जीवन जात्रा हो’ नाममा फिल्म बनाउने तयारीमा रहेको चर्चा छ । तर, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । ‘जात्रा’ टिम मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग मिलेर नयाँ फिल्म निर्माणको तयारीमा छ । फिल्मलाई प्रदीप भट्टराईले नै निर्देशन गर्दैछन् । स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु हुनेछ ।

    Movie Link : 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij