
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । चर्चित रियालिटी शो 'डान्सिङ्ग विथ द स्टार्स'को उपाधि सुमी मोक्तान र बिजु पार्कीले जितेका छन् ।
हिमालय टेलिभिजनबाट प्रशारण भएको यस रियालिटी शो को फाइनल शनिबार राति भएको थियो । फाइनलमा प्रतिस्पर्धाका लागि बुद्ध लामा र केबिका खत्री, प्रियना आचार्य र सुभम् भुजेल र सुमी मोक्तान र बिजु पार्कीको जोडी रहेका थिए ।
बिजेता भएका सुमी मोक्तान र बिजु पार्कीको जोडीले २० लाख नगदसहित अन्य पुरस्कारहरू पाएका छन्।
यस्तै उक्त रियालिटी शोमा फस्ट रनरअप बुद्ध लामा र केबिका खत्रीको जोडी र सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडी भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij