Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

राष्ट्रपति बहसअघि कोभिड भएको थियो ट्रम्पलाई

राष्ट्रपति बहसअघि कोभिड भएको थियो ट्रम्पलाई

  • न्युयोर्क । गत वर्ष राष्ट्रपतिको निर्वाचनअघि अ‌ायोजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड भएको खुलासा भएको छ । अ‌ाफ्ना प्रतिद्धन्द्धी जोन बाइडेनसँगको बहसमा ट्रम्पलाई कोभिड भएको उनका तत्कालिन चीफ अफ स्टाफ मार्क  मिडोजले लेखेको पुस्तकमा उल्लेख छ । 

    images
    images
    images

    मिडोजको संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएको थियो । केही दिनपछि परीक्षण गर्दा उनको नेगेटिभ रिपोर्ट देखिएको थियो । 

    २६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयोजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई कोभिड देखिएको थियो । 

    निको भएपछि २ अक्टोबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई कोभिड भएको ट्विटमार्फत जानाकारी दिएका थिए । आफूले सजिलै कोभिड जितेको उनले दाबी गरेका थिए । तर, नेगेटिभ रिपोर्टका बाबजुद उनलाई निकै असजिलो महशुस भएको थियो । कोभिड भएपछि उनलाई भोलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएको थियो । 

    दोस्रो परीक्षण गरिएको तीन दिनपछि बाइडेनसँगको बहस भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij