• २०७७, मंसिर ९गते
Logo

सहकारी पत्रिका

कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका सहकारी (नामसहित)

अनलाइन पत्रिका

३, मंसिर २०७७
  • 306
    SHARES
  • कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका सहकारी (नामसहित)

    काठमाडौं । कर्जा सूचना केन्द्रले हालसम्म ९ वटा विभिन्न प्रकृतिका सहकारी संस्थालाई कालोसूचीमा राखेको छ । कर्जा सूचना केन्द्रले ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई कालोसूचीमा राख्दै आएको छ । केन्द्रले श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था र प्राईम बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा राखेको हो । त्यस्तै कर्जा सूचना केन्द्रले रानीवन कृषि सहकारी संस्थालाई पनि कालोसूचीमा राखेको छ ।

    यस्तै, हितैसी बचत तथा ऋण सहकारी संस्था, शैक्षिक समाज सहकारी संस्था, श्री महिला जनउत्थान दुग्ध उत्पादक सहकारी संस्था, सिटी बचत तथा ऋण सहकारी संस्था, राधा कृष्ण दुग्ध उत्पादक सहकारी संस्था र मनीस्ट्रीरी बहुउद्देश्यीय सहकारी संस्था कालोसूचीमा परेको थियो ।

    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १५:४८:०२ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार