Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

तनहुँबाट खुशीको खबर : जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा शल्यक्रिया शुरु

तनहुँबाट खुशीको खबर : जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा शल्यक्रिया शुरु

  • जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले भने, ‘अब ठूला शल्यक्रिया पनि छिट्टै सुरु गर्दैछौँ ।’

    onlinepatrika
    Arghakhachi

    तनहुँ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले मझौला शल्यक्रिया सुरु गरेको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले पहिलोपटक मलद्धार च्यातिएको सफल शल्यक्रिया गर्दै मझौला शल्यक्रियाको सुरुवात गरेको हो । एनेस्थेसियोलोजिस्ट डा. रमेश घिमिरे र सर्जन डा. परिवर्तन बराल नेतृत्वको  टोलीले ६७ वर्षीया महिलाको मलद्धार च्यातिएको सफल शल्यक्रिया गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । 

    AGNI GROUP

    यस्तै, बुधबार नै हार्डजोर्नीको पनि शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिए । अर्थोपेडिक सर्जन डा. विद्याभुषण ताम्राकार नेतृत्वको टोलीले ५० वर्षीया महिलाको हाडजोर्नीको सफल शल्यक्रिया भएको उनले बताए । अब अस्पतालले मझौला शल्यक्रियालाई निरन्तरता दिने श्रेष्ठले बताए ।  ‘शल्यक्रिया सेवा सुरु गर्ने तयारी पहिलेदेखि नै गरेका हौँ । अब ठूला शल्यक्रिया पनि छिट्टै सुरु गर्दैछौँ’, डा. श्रेष्ठले भने, ‘ठूला शल्यक्रिया सुरु गर्नलाई पूर्वाधार तयार हुँदैछ ।’

    माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेला सेती गंगा सामुदायिक अस्पताललाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बनाउने निर्णय भएको हो । समुदायबाट सञ्चालित हस्पिटल सरकारको मातहत आएपनि अपेक्षित विकास हुन नसकेको स्थानीयहरु बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट