Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेकपा एमालेको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठनसम्बन्धी सुझाव संकलन कार्यक्रम विराटनगरमा सुरू भएको छ ।
एमालेले यस कामको लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कार्यदल बनाएको छ । कार्यक्रमका लागि बादल, उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ महासचिव शंकर पोखरेल विराटनगर ओर्लिएका छन् ।
सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की पनि सहभागी छन् । सुझाव संकलनमा सभागी हुन कोशी प्रदेशमा रहेका सबै केन्द्रीय सदस्य,प्रदेश कमिटीका सचिवालय सदस्य सहभागी छन् ।
कोशीका १४ वटै जिल्लाका पदाधिकारी, जनवर्गीय संगठनका इन्चार्ज र अध्यक्ष पनि सुझाब संकलन कार्यक्रममा सहभागी भएका छन् । निर्वाचनमा एमालेको लज्जास्पद हार भएपछि पार्टी पुनर्गठनको बहस तीव्र छ ।
कार्यदलको सुझावको आधारमा एमाले रुपान्तरण हुने नेताहरूले बताउँदै आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij