Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

विश्वकप नि:शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग

विश्वकप नि:शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग

  • काठमाडौं । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निस्शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आजको प्रतिनिधिसभा बैठकमा उनले सेवाप्रदायकको मनोपोली भएको बताए ।

    AGNI GROUP

    “वल्र्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ,” उनले भने, “कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्‍याउन सकेका छैनन् ।”

    उनले सेवा प्रदायकलाई निस्शुल्क गरिदिन आग्रह गरे । “अब त पुग्यो होला नि ! उठाउने जति आम्दानी भइसक्यो होला,” उनले अगाडि थपे, “म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निस्शुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।” टेलिभिजनमा विश्वकप हेर्न ९९९ तिनुपर्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट