
Apr 21 2025 | २०८२, वैशाख ८ गते
नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबीच १७ र २० भदौमा दुई मैत्रीपूर्ण खेल हुने तय भएको छ ।
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबीच भदौ तेस्रो साता दुई मैत्रीपूर्ण खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अल इण्डियन फुटबल फेडेरेसन (एआईएफएफ) ले मैत्रीपूर्ण दुई खेलको लागि प्रस्ताव गरेको थियो । नेपालले स्विकार गरेसँगै १७ र २० भदौमा दशरथ रंगशालामा खेल हुने तय भएको छ ।
मैत्रीपूर्ण खेलका लागि यतिबेला दुबै टोली तयारीमा ब्यस्त छन् । हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले २ खेलमात्रै जितेको छ । ४ खेलमा बराबरी भएको छ । भारतले ३३ गोल गर्दा नेपालले ९ गोल मात्रै गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij