
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन । गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनलाई कोरोना संक्रमण भएको हो । उनी आइसोलेसनमा बसेकी छन् । 'भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ' लगातार दोस्रोपटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij