
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् । देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ। देशभर ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij