काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइँदैछ । आजदेखि उपत्यकाका विभिन्न खोप केन्द्रमा ५० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको हो । स्वास्थ्य सेवा विभागका अनुसार आजदेखि काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा खोप लगाइने जनाइएको छ ।
खोप लगाउन जाँदा परिचय खुल्ने प्रमाणपत्र बोकेर जानुपर्ने हुन्छ । खोप बिहान बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा लगाइनेछ ।