
Jul 07 2025 | २०८२, असार २३ गते
सेयर रकम १७६ प्रतिशत, कर्जा लगानी १९० प्रतिशत, बचत २३२ प्रतिशत र नाफा २१० प्रतिशतले बृद्धि भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा १ अर्ब ६६ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको चौंथो त्रैमासको अपरिश्कृत विवरण अनुसार गत त्रैमासमा बैंकले ६२ करोड २२ लाख नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ४७.४१ प्रतिशतले बढेको छ ।
पछिल्लो ३ वर्षमा बैंकको वासलात २२७ प्रतिशतले वृद्धि भएको छ । सेयर रकम १७६ प्रतिशत, कर्जा लगानी १९० प्रतिशत, बचत २३२ प्रतिशत र नाफा २१० प्रतिशतले बृद्धि भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए।
बैंकको कुल सम्पति ७१ अर्ब ६८ करोड पुगेको छ । गत वर्ष बैंकको कुल सम्पत्ती ५० अर्ब ८९ करोड थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij