Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

राजेशहरिलाई विशेष सम्मानसहित बिदाई, भोली ललितपुरमा सहकारी बन्दको घोषणा

राजेशहरिलाई विशेष सम्मानसहित बिदाई, भोली ललितपुरमा सहकारी बन्दको घोषणा

  • ललितपुर । सहकारी अभियन्ता राजेशहरि जोशीको सम्मानमा भोलि असार २ गते ललितपुरका सम्पूर्ण सहकारी संघसंस्था बन्द गरिने भएको छ । ललितपुर जिल्ला सहकारी संघ सहित जिल्लाभर क्रियाशील रहेकका नौ विषयगत संघहरुले एक संयुक्त विज्ञप्ति निकालेर सहकारी अभियानमा जोशीले पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि स्वरुप भोलि एक दिनका लागि सम्पूर्ण संस्था बन्द गर्न अपील गरेको जिल्ला संघका अध्यक्ष माधव दुलालले जानकारी दिए ।  दिवंगत जोशीले सहकारी अभियानलाई नजिकबाट बुझेको र सहकारी बैंकको स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष दुलालले सम्झना गरेे । जोशी नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको अध्यक्ष थिए भने अन्य दर्जनभन्दा बढि संघसंस्थामा पनि आवद्धता रहेको थियो । सहकारी अभियन्ता जोशीलाई ललितपुरका सहकारीकर्मी , राजनीतिक ब्यक्ति तथा नेतालगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरको तर्फबाट  अध्यक्ष शरद कुमार महर्जनले सहकारी झन्डा र काङ्ग्रेस नेता मदन अमात्यले काङ्ग्रेसको झन्डा ओढाई सम्मान गरेेको थियो ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij