Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कोराना कहरमा निडर सेना : शव व्यवस्थापनमा सेनाको सक्रियता 

कोराना कहरमा निडर सेना : शव व्यवस्थापनमा सेनाको सक्रियता 

  • नेपाली सेनाका हवल्दार भीमबहादुर नेपालीले भने, 'पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।'

    काठमाडौं । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएको छ । महाकाली अस्पतालमा खटिएको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अहोरात्र खटिएको छ । 

    सेनाको सक्रियता भनेकै दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पु¥याउन व्यवस्थापन गर्ने रहेको छ ।

    'शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलमा घुलमिल भएर काम गर्न डर पनि थियो', नेपाली सेनाका हवल्दार भीमबहादुर नेपालीले भने, 'पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।'

    गुल्मकै अर्का हवल्दार भुवन बस्याल एक महिना यहाँ सङ्क्रमितको शव व्यवस्थापनका खटिनुभयो । “शव व्यवस्थापन खटिँदाखटिँदै मलाई पनि सङ्क्रमण भयो”, क्वारेन्टिनमा रहेका उहाँले भन्नुभयो, “यस्तो महामारीमा ज्यान गुमाउने दाजुभाइको शव चितामा राखेर अन्तिम सलामी दिनु राम्रै कुरो हो ।

    sena.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij