
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेताएवं प्रतिनिधि सभा सदस्य दीपक बोहरा लाई अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो । बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ । लामो समय देखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो ।
राप्रपाका नेताबोहराको शवमंगलबार उनको गृहजिल्ला रुपन्देशीलगिएको थियो । त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो । नेता बोहरा २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।
राप्रपाले बोहराको निधन प्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij