स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक हुन् डा. खगेश्वर गेलाल । कोभिड १९ ले देशमा कहर देखाएपछि यता ललितपुरमा अहोरात्र खटिएर कोरोनाविरुद्ध जुट्न सक्रिय बनेका छन् डा. गेलाल । उनै डा. गेलालले ललितपुरमा सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर कोभिडबाट जोगिने र जोगाउन अभियानमा लागेका छन् । उनै डा. खगेश्वर गेलालसँग अनलाइन पत्रिकाका लागि वरिष्ठ संवाददाता गंगा दुःधराजले गरेको स्वास्थ्य सम्वादको संपादित अंश ।

  • लकडाउन हट्नु र संक्रमण बढ्नुलाई कसरी हेर्नुहुन्छ ?
    एकदमै ! लकडाउन हटेपछि सक्रमण बढ्दै गइरहेको छ । त्यसमध्ये पनि काठमाडौं उपत्यकामा झनै बढी सक्रमण बढि रहेको छ । लकडाउन हुनुभन्दा अगाडि दुईजना मात्र संक्रमण थियो । त्यसपछि डेढसयको दरले संक्रमण बढिरहेको छ । झन् अहिलेको समयमा संक्रमणको जोखिम धेरै बढेको हो ।
  • अहिले जोखिम बढेको हो ?
    जोखिम बढ्नुको कारण के हो भने काठमाडौं उपत्यकामा मानिसहरू विभिन्न ढङ्गले आउने गरेका छन् । रोजगारी, स्वास्थ उपचार विविध कारणले आउने गर्छन् । किनकी नाम चलेका अस्पतालहरू काठमाडौं उपत्यकाभित्रै छन् । शिक्षाका राम्रो अवसरपनि उपत्यकामा हुने भएकाले बढी मानिसहरू उपत्यकामा नै आउने गर्छन् । त्यति मात्र नभएर अन्य विविध कारणले उपत्यकामा प्रवेश गर्ने र अहिले बढी संक्रमण देखिने ठाउँहरू वीरगञ्ज, विराटनगर, सप्तरी, सिराहा र राजविराज जस्ता ठाउँहरूबाट त्यसमा छिमेकी भारतबाट कामको सिलसिलामा बढी मानिसहरू उपत्यकामा आउने, र लकडाउन भएसँगै विदेशबाट नेपालमा आउने जो अप्ठ्यारोमा परेका मानिसहरू जोखिममा परिरहेका छन् । लकडाउन जुन सर्तमा भएको हो त्यसरी नै जनस्वास्थको मापदण्ड पूर्णंरुपमा पालना गर्ने सर्तमा लकडाउन खुलाइएको थियो । सरकारी कार्यलयमा काम गर्ने क्रममा दुई मिटरको दुरीमा बसेर कुरा गर्ने बेलाबेलामा हात धुने त्यो नभएर सेनिटाइजरको प्रयोग गर्ने कुरा महत्वपूर्ण रहेको छ । लकडाउन खुकुलो हुने बितिकै जनमासमा अब लकडाउन खुल्यो भन्ने भ्रम भयो । तर सबैखाले लकडाउन खुकुलो भएको छैन ।

     

    सधैं लकडाउन गर्न पनि नसकिने भएकोले खुकुलो लकडाउन प्रणालीले गर्दा मात्र संक्रमणको सङ्ख्या वृद्धि भएको हो । हामीले संक्रमण कम गर्न जिल्ला जिल्लामा लकडाउन कडै गर्नुपर्छ ।
  • लकडाउन हटाउने निर्णय गलत हो त ?
    लकडाउन खुल्नै नहुने कुरामा म सहमत छैन । किनभने नेपालमा मात्र नभई विश्वका २१३ वटा राष्ट्रमा कोभिड–१९ देखिएको छ । कति राष्ट्रमा निको भएर गएका र अर्को नयाँ संक्रमण नभएको अवस्था छ । अझै (१०) दशवटा राष्ट्रमा त कोभिड–१९ निर्मूल नै भएको अस्वस्थ छ । तर नेपालमा र अन्य कतिपय देशहरूमा के गर्नुपर्छ भने, कोभिड –१९ लाई निषेध गर्न सकिदैन । यसको भ्यक्सिन निस्केको छैन । हामीले कोभिड–१९ सँगसँगै हाम्रो जीवनशैलीलाई सरकारले बनाएको कानून अनुसारको जीवन जिउनु पर्दछ । चार महिना जनताले लकडाउनलाई पालना गरेर धेरै सहयोग गरेका छन् । कतिको बिहान कमाएर बेलुका छाक टार्ने मानिसहरू पनि हुनुहुन्छ । आयआर्जनका कुरा कारण रोजगारीका ३६ प्रतिशत मानिसहरू प्राइभेट सेक्टरमा रोजगारी गर्नेहरू बेरोजगार भएका छन् । लकडाउन खुकुलो बनाउनु स्वभाविक छ, तर हामीले कोभिड–१९ सँग जोगिनका लागि जुन उपाय अपनाउनु पर्ने हो । त्यो उपायहरू नअपनाएकोले यो संक्रमण बढेको हो । यदि हामी हरेक व्यक्तिले विकासित देशहरूले जस्तै लकडाउन पालना गरेको भए नेपालमा आज यो अवस्था आउने थिएन । सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्ने हो भने संक्रमण घट्नसक्छ ।
  • पछिल्लो दिनमा संक्रमित बढेका छन्, लक्षण देखिएका छन् नि ?
    एक महिना वा डेढ महिनाको तथ्याङ्क हेर्ने हो भने सयमा ९८ प्रतिशत केसहरू लक्षणविहिन अवस्थामा थिए । दुई प्रतिशतमा मात्र लक्षण देखियो तर लकडाउन खुकुलो भएको एक महिनादेखि सयमा २५ प्रतिशत मानिसमा कुनै न कुनै लक्षणहरू देखिन थाल्यो । त्यसैले आजभोलि चुनौती र जोखिमहरू बढेको छ । कोभिड–१९ को लक्षणको दर कम भएमा सर्ने जोखिम कम हुन्छ भने लक्षण सहितको केसमा रोग सर्ने दर त्यो भन्दा पनि बढी हुन्छ । हिजोको सन्दर्भमा अस्पतालमा भर्न हुने लक्षण बिहीनलाई पनि आइसोलेसनमा राख्ने क्रम थियो भने अहिले लक्षण भएको मानिसलाई मात्र राख्ने गरिन्छ ।
  • जोखिम घटाउन कस्तो उपाय अवलम्बन गर्नुपर्छ ?
    सर्वसाधारण जनताले आफुले गर्ने क्रियाकलापहरूलाई ध्यान दिनुपर्छ । सरकारी कार्यालय वा अन्य ठाउँमा भिडभाड कम गर्ने, बाहिर जानै परेपनि माक्स लगाएर सामाजिक दुरी कायम गर्ने । जनसमुदायमा सबैलाई कोभिड–१९ बारे जनकारी दिएर सचेत गराउने । कोभिड–१९ को जोखिमबाट बच्न भिडभडमा वा सर्वजानिक यातायतमा चढ्दा माक्स र सेनिटाइजरको प्रयोग गर्ने, बाहिरबाट आएपछि राम्रोसँग साबुनपानीले हात धुने ।
  • संक्रमण बढेको अवस्थामा कस्तो खतरा बढ्नसक्छ ?
    एक संक्रमित मानिसको सर्ने दर २ देखि ४ जना सम्ममा सार्नसक्छ । यदि त्यो संक्रमण मानिसले माक्स लगाएन भने अरूमा चाँडै सर्नसक्छ । तर संक्रमित व्यक्ति र संक्रमित नभएको व्यक्तिले माक्स लगाएमा एकअर्कामा संक्रमण हुने जोखिम कम हुन सक्दछ ।
  • नेपालमा संक्रमितको स्थिति कस्तो पाइएको छ ?
    लकडाउन समयमा नै गरेकोले अरू देशको तुलनामा हाम्रो देशमा संक्रमणको दर कम भएको हो । सधैं लकडाउन गर्न पनि नसकिने भएकोले खुकुलो लकडाउन प्रणालीले गर्दा मात्र संक्रमणको सङ्ख्या वृद्धि भएको हो । हामीले संक्रमण कम गर्न जिल्ला जिल्लामा लकडाउन कडै गर्नुपर्छ । काठमाडौ उपत्यकामा धेरै ठूलो बस्ती भएकोले संक्रमण धेरै चाँडो बढेको हो । संक्रमण भएका मानिसहरूले झुटो नम्बर दिने गरेको हुनाले केसहरू सम्पर्कमा नआएकाले झन् धेरै बढी जोखिम भएको हो ।
  • संक्रमणका कारण नेपालमा मृत्युदर कम देखिएको हो ?
    अरु देशको तुलनामा नेपालमा ०.०२ प्रतिशतको दरले नेपालमा मृत्युदर छ । अरू देशको तुलनामा अझ बढी कोभिड–१९ भएर मुत्यु हुनेको संङख्या कम छ । कारण अन्य रोग लागेका मानिसहरू पनि यो रोग लागेको छ । रोगसँग लड्न सक्ने क्षमता कम भएको कारण मृत्यु हुनेहरु पनि छन् ।
  • राज्यको कस्तो प्रणालीले संक्रमण रोक्न सकिन्छ ?
    केस पोजिटिभ हुने बित्तिकै राज्यले आइसोलेसनमा राख्ने जो बाहिरबाट आउने व्यक्तिहरूलाई १४ दिन क्वारेनटाइनमा राख्ने र विदेशबाट आउने व्यक्तिहरूलाई क्वारेनटाइनमा राखी पिसिआर टेस्ट गरेर नेगेटिभ भएपनि उसलाई क्वारेन्टाइनमा राख्ने लक्षण भएको केसलाई अस्पतालमा लागी आइसोलेसन र भ्यान्टिलेटरको सुविधा भएको ठाउँमा राख्ने र लक्षण नभएको मानिसहरूलाई घरमै राख्ने तर समुदायसँगको घुलमिलबाट टाढा राख्ने । कोरोना–१९ सम्बन्धितको मापदण्ड अझ कडाईको साथ लागु गर्ने, माक्स नलगाई भिडभाडमा जाने विभिन्न मेला जात्रा चाडपर्वलाई बन्द गर्नुपर्दछ । यो सरकारको मात्र दायित्व होइन, हामी सबैको दायित्व हो । यसलाई हामी सबैले पालना गर्नुपर्दछ ।