
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । चर्चित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘व्यक्तित्व र योगदान’ लोकार्पण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुस्तक विमोचन गरेका हुन् । व्यवसायिक नेतृत्व र सामाजिक व्यक्तित्वका रुपमा स्थापित श्रेष्ठको जीवनी पुस्तक ईश्वरलाल प्रतिष्ठानले प्रकाशन गरेको हो ।
ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा आयोजित समारोहमा प्रतिष्ठानकी संरक्षक पद्मा श्रेष्ठसमेतको उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij