Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । त्यस्तै आजै गृहमन्त्री रामबहादुर थापाले पनि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    images
    images
    images

    आजदेखि दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको खोप दिन शुरु भएको छ । दोस्रो चरणमा यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

    images

    यसैबीच नेपालमा कोभ्याक्स अन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आजै आउदै छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij