
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच आज पनि भेटवार्ता हुँदैछ । सिंहदरबारमा दुई नेताबीच दिउँसो ३ बजे भेटघाट तय भएको हो ।
दुई नेताहरूबीच विकसित राजनीतिक घटनाक्रमसहित समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा छलफल भएको जनाइएको छ ।
नेपाल र दाहाल हिजो पनि प्रचण्ड निवासमा खुमलटारमा भेटघाट भएको थियो । वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयासलगायतका विषयमा भेट केन्द्रित भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij