Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

  • काठमाडौं । वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ । अस्पतालको १३६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराएक हुन् ।

    images
    images
    images

    हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरु समस्यामा पर्नेकुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको बताए ।

    images

    अस्पतालले ओपीडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अफ्ठ्यारो भएको महशुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको बताए । ओपीडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएको पनि बताए ।

    निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेको बताए । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गरे । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाउन माग गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij