Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

‘बी’ डिभिजन लिग : आरसिटी र कुमारी भिड्दै

‘बी’ डिभिजन लिग : आरसिटी र कुमारी भिड्दै

  • काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लब भिड्दै छन् । झम्सिखेल र श्री भगवतीबीचको खेल अपरान्ह १२:१५ बजे शुरु हुनेछ । झम्सिखेल ८ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । श्री भगवती ८ खेलमा ६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

    images
    images
    images

    अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र श्री कुमारी क्लब भिड्ने छन् । आरसिटी र श्री कुमारीबीचको खेल दिउसो ३:३० बजे शुरु हुनेछ ।

    आरसिटी ८ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij