Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बालुवाटारमा जारी

सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बालुवाटारमा जारी

  • काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) विहान सरकारी टोली र विप्लव समूहबीच वार्ता शुरु भएको हो । यसअघि हिजो (बुधवार) भएको पहिलो र दोस्रो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको गृहमन्त्री थापाले बताएका थिए । उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन् ।

    images
    images
    images

    सरकारको तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई साथै बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड )र उदय चलाउने (दिपक)ले वार्ताको नेतृत्व गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij