
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । सरकार र सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच दु्रतगतिमा वार्ता प्रक्रिया प्रारम्भ भएको छ । बुधबार एकैदिन बिहान र साँझ वार्ता भएको थियो । पहिलो चरणको भनिएको वार्तामा पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा, पक्राउ गरिएका नेता कार्यकर्ताको रिहाई र आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा खारेजीको माग भएको थियो । दोश्रो चरणको वार्तामा आफ्ना राजनीतिक एजेन्डालाई सरकारी पक्षसमक्ष राखेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij