
Apr 24 2025 | २०८२, वैशाख ११ गते
प्रधानमन्त्री ओलीले ‘सिद्धिएका प्रचण्डलाई ५३ सिटमा पुर्यादिएको कारण’ अहिले धाक नदिन सुझाव समेत दिएका हुन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै ‘सिद्धिन लागेका’ प्रचण्डलाई ५३ सिट जोगाइदिएको दाबी गरेका छन् । एक कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले ‘सिद्धिएका प्रचण्डलाई ५३ सिटमा पुर्यादिएको कारण’ अहिले धाक नदिन सुझाव समेत दिएका हुन् । प्रचण्डले जीवनमा कहिले पनि बहुमतको प्रधानमन्त्री बन्न नसकेको बरु आफ्नो सहयोगमा एकपटक प्रधानमन्त्री बनेको ओलीले दाबी गरे । उनले भने, ‘कहिले बन्नुभयो उहाँ बहुमतको प्रधानमन्त्री ? एकचोटि तमासा गर्दा पनि हामीले साथ दिएर बन्नुभएको हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij