
Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । अमेरिकाको न्यूयोर्क सहरको मिडटाउन अफिस भवनमा गोलीबारी भएको थियो । यस घटनामा दुई जनाको मृत्यु भएको छ । समाचार अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोली चलाउने बन्दुकधारी मारिएको जानकारी प्राप्त गरेको छ ।
न्यूयोर्क शहरका मेयर एरिक एडम्सले सोशल मिडियामा पोस्ट गरेका छन् कि मिडटाउनमा सक्रिय शूटर अनुसन्धान भइरहेको छ । उनले मानिसहरूलाई घरभित्रै बस्न र यदि तिनीहरू क्षेत्रमा छन् भने सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन् ।
उता, संयुक्त राज्य अमेरिकाको नेभाडामा सोमबार एक क्यासिनो बाहिर गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार घटना बिहान ७ः२५ बजे (स्थानीय समय) डाउनटाउन रेनोको ग्रान्ड सिएरा रिसोर्टको भ्यालेट पार्किङ क्षेत्र नजिक भएको हो ।
घटनाका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनास्थलमा एम्बुलेन्स सहित कैयौं आपतकालीन सवारी साधनहरु उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij