
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले गाँजा सहित एक पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका १२ बाट ६ किलोग्राम गजा सहित स्थानीय ४३ वर्षीय प्रशुराम लोधलाई पक्राउ गरिएको हो ।
अवैध लागुऔषध गाँजा लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही बाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
गाँजा सहित नियन्त्रण लिइएको पुरुषलाई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij