
Jul 30 2025 | २०८२, साउन १४ गते
काठमाडौं । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा छानबिन गरिरहेको प्रहरीले एक ट्राभल्समा छापा मारेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले महाराजगञ्जमा रहेको भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो ।
सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू लिएको छ ।
सीआईबी स्रोतका अनुसार केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर यूएनको कार्यक्रममा भन्दै ट्राभल्स र एनजीओहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी भएको आरोप छ ।
संसद्मा समेत यो विषयले प्रवेश पाएपछि एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति बनेको थियो । उक्त समितिले अहिले काम गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij