
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ। अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्ड सर्वोच्च अदालतमा पुगेका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता समीर हायु प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij