Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

देउवासँग चीन र भारतका राजदूतको छुट्टाछुट्टै भेट

देउवासँग चीन र भारतका राजदूतको छुट्टाछुट्टै भेट

  • काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन्। बिहीवार बेलुकी देउवा निवास बुढानिलकण्ठमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले छुट्टाछुट्टै भेट गरेका हुन् । हिजो पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सम्पन्न भएपछि दुई देशका राजदूतसँग देउवाको भेटघाट भएको पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

    images
    images
    images

    भेटमा के बिषयमा छलफल भयो भन्ने सार्वजनिक नगरिए पनि संसद पुनर्स्थापनापछि राजदूतहरुको यो भेटले सबैको ध्यान तानेको छ ।
    चीनले प्रतिनिधिसभा विघटन र पुनर्स्थापनाको विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन भने भारतले यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij