Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

‘बी’ डिभिजन लिग : विनोदको ह्याट्रिकमा ब्वाइज युनियन विजयी

‘बी’ डिभिजन लिग : विनोदको ह्याट्रिकमा ब्वाइज युनियन विजयी

  • काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गरे । उनले खेललाई २–० को अवस्थामा पु¥याए । यस्तै खेलको ८५औँ मिनेटमा राईले नै आफ्नो टोलीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा उनले नै ह्याट्रिक गोल गर्दै ब्वाइजलाई ४–० गोल अन्तरले विजयी गराए ।

    जीतसँगै ब्वाइज लिगको चौथो स्थानमा उक्लिएको छ । ब्वाइजले ७ खेलमा ११ अङ्क जोडेको छ । झम्सिखेलको ७ खेलमा ६ अङ्क छ भने उ लिगको नवौँ स्थानमा छ ।

    लिगमा बिहीवार नै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij