
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । पछिल्लो समय देशमा विकसित राजनितिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् ।
पदाधिकारी बैठकअघि देउवाले आफूनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् बूढानीलकण्ठस्थित देउवा निवासमा ३ बजेबाट कांग्रेसक पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। त्यसअघि देउवाले निवासमै आफूनिकट केन्द्रय सदस्यहरुसँग छलफल गरेका हुन् । भेटमा देउवाले अहिलेको परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारेमा राय मागेको केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि सत्ता समीकरणका लागि कांग्रेस निर्णायक देखिएको छ। यस्तो अवस्थामा कसरी अघि बढ्ने भनेर देउवाले राय मागेको केन्द्रीय सदस्य कार्कीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij