Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पहिरोमा परी म्याग्दीमा वृद्धको मृत्यु, एकजनाको उद्धार

पहिरोमा परी म्याग्दीमा वृद्धको मृत्यु, एकजनाको उद्धार

  • काठमाडौं । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको उनले बताए । इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन् ।

    AGNI GROUP

    गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोमा परी विभिन्न ठाउँमा पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

    पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अवरुद्ध बनेको छ । सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउन प्रयासरत छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij