
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले (नेकपा) का प्रचण्ड-नेपाल पक्षले सरकार चलाउन नसक्ने भन्दै कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सल्लाहकार थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना शून्य रहेको दाबी गरे ।
सामाजिक सञ्जालमा लेख्दै सल्लाहकार थापाले भनेका छन्- ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ ।’
‘यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ ।’ सल्लाहकार थापाले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij