Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै: मन्त्री श्रेष्ठ 

पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै: मन्त्री श्रेष्ठ 

  • काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । यो अवस्थामा ओलीले कुनै पनि हालतमा राजिनामा नदिने ,उनले भने, राजिनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजिनामा आउदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए ।

    images
    images
    images

    ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ । सिटिइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’Krishna_Gopal_Shrestha.jpg

    images

     अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउछौ । हामीसँग नेपालको राजनीतिमा पेले छन्, रोनाल्डो छ, म्यारोडोना र मेसी हामीसँगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छाड्नेवाला छैनौ, हाम्रै जीत सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गनैछौ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij