नगर कार्यपालिकाको २०८१ साउन ३१ गतेको निर्णयअनुसार थारु समुदायले श्रावण शुक्ल पञ्चमीका दिन मनाउने गुरही पर्वको उपलक्ष्यमा एक दिन उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एबम् संघसंस्थाहरुलाई स्थानीय सार्वजनिक बिदा दिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
नगप्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उपमहानगरअन्तर्गत रहेका सरकारी कार्यालय, शिक्षक संस्था तथा संघसंस्थामा बिदा दिने निर्णय भएको उल्लेख छ ।