
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपा ओली पक्षका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अब संसदबाटै बाँकी विषय टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
‘फैसलामा संसद बोलाउने भन्ने छ, सोही अनुसार प्रधानमन्त्री ज्यू लाई संसद बोलाउन सुझाव दिन्छौ र संसदबाटै बाँकी विषयमा छलफल गर्छौं’ उनले भने, प्रधानमन्त्री ओलीलाई आफूले पटक पटक प्रतिनिधि सभा विघटनतर्फ जानुहुँदैन भनेर सुझाव दिएको पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij