Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

ललितपुर महानगरद्वारा ई–चलान प्रणाली सञ्चालनमा

ललितपुर महानगरद्वारा ई–चलान प्रणाली सञ्चालनमा

  • ललितपुर । ललितपुर महानगरपालिकामा ‘LMC E-Challan’ डिजिटल जरिवाना व्यवस्थापन प्रणाली शुभारम्भ ललितपुर महानगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘LMC E-Challan (Digital Fine Management System)’ को शुभारम्भ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    महानगरपालिकाको बोर्ड हल, पुल्चोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली शाक्य तथा वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठको विशेष उपस्थितिमा प्रणालीको औपचारिक शुभारम्भ गरिएको हो।

    AGNI GROUP

    नयाँ प्रणालीमार्फत जरिवाना सम्बन्धी सम्पूर्ण विवरण डिजिटल रूपमा अभिलेखीकरण, व्यवस्थापन तथा अनुगमन गरिनेछ। यसले कागजी प्रक्रिया घटाई सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउनुका साथै राजस्व व्यवस्थापनमा पारदर्शिता अभिवृद्धि गर्ने विश्वास महानगरपालिकाले लिएको छ।

    कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महानगरले डिजिटल सुशासनलाई थप सुदृढ बनाउने दिशामा यो प्रणाली महत्वपूर्ण कदम हुने जनाएको छ।

    download3.jpg

    download (1).jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट