Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानमा ८७ दिनपछि इन्टरनेट सुचारु गर्न स्वीकृति

इरानमा ८७ दिनपछि इन्टरनेट सुचारु गर्न स्वीकृति

  • काठमाडौं । इरानमा करिब तीन महिनादेखि जारी डिजिटल ब्ल्याकआउट अन्त्य गर्ने निर्णय भएको छ । 

    onlinepatrika
    Arghakhachi

    इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले देशको ठूलो हिस्सालाई विश्वव्यापी सञ्जालबाट विच्छेद गराएको करिब तीन महिनाको कडा प्रतिबन्धपछि इरानभरि अन्तर्राष्ट्रिय इन्टरनेट पहुँचलाई पुनः सुचारु गर्न आदेश दिएका छन् ।

    AGNI GROUP

    इरानी अधिकारीहरूले ८७ दिनपछि इन्टरनेट तथा सञ्चार सेवाहरू पुनः बहाल गर्न स्वीकृति दिएका हुन् ।

    इरानमा लामो समयदेखि जारी विरोध प्रदर्शन, क्षेत्रीय तनाव तथा साइबर प्रतिबन्धका कारण इरान लगभग पूर्णरूपमा विश्वव्यापी इन्टरनेट सञ्जालबाट अलग भएको थियो । 

    विशेष गरी फेब्रुअरी २८ मा अमेरिका–इजरायलसँगको तनाव बढेपछि इरानमा इन्टरनेटमाथि कडा नियन्त्रण लागु गरिएको थियो। त्यसपछि धेरै डिजिटल प्लेटफर्म र अनलाइन सेवाहरू सर्वसाधारणका लागि लगभग बन्दजस्तै बनेका थिए ।

    यस प्रतिबन्धले व्यापार, शिक्षा, बैंकिङ, सञ्चार तथा डिजिटल सेवाहरूमा व्यापक असर पारेको थियो । सन् २०२५ मा इरानमा मोबाइल फोन आयातमा उल्लेखनीय गिरावट आएको थियो । अघिल्लो वर्षको तुलनामा मोबाइल आयात संख्या र कुल मूल्य दुवै घटेका थिए । 

    विश्लेषकहरूले यसको मुख्य कारण इन्टरनेट प्रतिबन्ध, आर्थिक अस्थिरता तथा डिजिटल बजारमा आएको मन्दीलाई मानेका छन्।

    यो आदेशलाई इरानको सञ्चार मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छन् । 

    इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बद्ध ‘फार्स न्युज एजेन्सी’ले सोमबार बसेको बैठकमा इन्टरनेट पहुँच पुनर्बहाली गर्ने निर्णय बहुमतका आधारमा पारित भएको जनाएको छ । रिपोर्टअनुसार उक्त प्रस्ताव पक्षमा नौ मत र विपक्षमा तीन मतसहित स्वीकृत भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट