Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सहकारी बैंकको चुनावमा चरम राजनीति भएपछि विभागले भन्यो– दलीय प्यानल खडा नगर्नू

राष्ट्रिय सहकारी बैंकको चुनावमा चरम राजनीति भएपछि विभागले भन्यो– दलीय प्यानल खडा नगर्नू

  • काठमाडौं । सहकारी विभागले राष्ट्रिय सहकारी बैंकको यही जेठ ९ गते हुने लागेको चुनावमा चरम राजनीति देखिएपछि ध्यानाकर्षण भएको जनाएको छ । बैंक  लगायतका विभिन्न सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरूले दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने गरेको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित यस्ता समाचार र गतिविधिहरूले सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरू विपरीत काम गरिरहेको औँल्याएको छ ।

    AGNI GROUP

    विज्ञप्तिमा भनिएको छ– सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरू विपरीत यस्ता गतिविधिहरूबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानुनी व्यवस्थालाई प्रतिकूल असर पर्नुका साथै सहकारीका सदस्यहरूमा अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकारात्मक असर पुग्ने भएकाले यस्ता खालका गतिविधिहरूलाई निरुत्साहित गरी सहकारीको मर्म अनुसार सहकारी सञ्चालन हुने वातावरण निर्माण गरी सहकारीमा सुशासन कायम गर्ने, गराउने कार्यमा सहयोग गरिदिनु हुनु सम्बन्धित सबैमा अनुरोध छ ।

    सहकारीको मर्म र भावना अनुसार निष्पक्ष वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै विभागले राजनीतिक हस्तक्षेप र दलीय प्यानल बनाउने जस्ता कार्यलाई निरुत्साहित गर्न जोड दिएको छ ।

    विभागकी सूचना अधिकारी सुचित्रा राईले विज्ञप्ति मार्फत सहकारी क्षेत्रमा सुशासन कायम गर्ने र गराउने कार्यमा आवश्यक सहयोग पुर्याउन सम्बन्धित सबै राजनीतिक दल, सरोकारवाला र सदस्यहरूसँग विशेष अनुरोध समेत गरेकी छिन् ।

    नजिकिँदै गरेको सहकारी बैंकको चुनावका लागि बागमतीको सञ्चालक समितिका लागि दलीय भागबण्डा गरेर चुनावी प्रचारप्रसार भइरहेको छ । यस प्रदेशमा नेकपा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साझा उम्मेदवार घोषणा गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij