Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

तास खेल्ने १३ जना पक्राउ

तास खेल्ने १३ जना पक्राउ

  • काठमाडौं । बाँकेको खजुरा मिनी पार्क एण्ड  रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    खजुरा गाउँपालिका-४ स्थित रिसोर्टको कोठा नम्बर १०५ मा हारजित हुने गरी तास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले शनिबार छापा मारेको हो ।

    AGNI GROUP

    प्रहरीका अनुसार जुवाखालबाट नगद १ लाख २८ हजार ३ सय १० रुपैयाँ, खोलेको तास गड्डी २ थान र नखोलेको तास गड्डी ३ थान बरामद गरिएको छ ।

    पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० का ६० वर्षीय प्रमोद केसी, खजुरा गाउँपालिका–८ का ३३ वर्षीय एकराम हुसेन, ४२ वर्षीय दीपक कँडेल, २७ वर्षीय अब्दुल मिया, ३० वर्षीय सफिक खाँ, बैजनाथ गाउँपालिका–५ का ३० वर्षीय नबि हुसेन र ३८ वर्षीय जमालुदिन रहेका छन् ।

    यस्तै जानकी गाउँपालिका–३ का करिब ३६ वर्षीय साकिर अली बागवान, बर्दियाको बारबर्दिया नगरपालिका–७ का ३५ वर्षीय दुर्गा बोहरा, बारबर्दिया–६ का ३३ वर्षीय छबिलाल गिरी र २७ वर्षीय सुजन पुरी, बारबर्दिया–७ का ३० वर्षीय नवीन शाही तथा बारबर्दिया–५ का ४६ वर्षीय प्रेम गिरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रिसोर्टमा लामो समयदेखि जुवातास खेलाउने गतिविधि भइरहेको सूचनापछि निगरानी बढाएर छापा मारिएको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले अवैध जुवातास नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई अझ कडाइ गरिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट