Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

नेपाल बैंक र बि एण्ड बि अस्पतालबीच सम्झौता

नेपाल बैंक र बि एण्ड बि अस्पतालबीच सम्झौता

  • काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ललितपुर ग्वार्कोमा रहेको बि एण्डबि अस्पताल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई अस्पताल द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

    AGNI GROUP

    सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र बि एण्ड बि हस्पिटल प्रालिको तर्फबाट प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई बि एण्ड बि हस्पिटल प्रालिद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

    नेपालभर २३१ शाखाहरु, २४६ एटिएम साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij