Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा आज स्थानीय बिदा दिएको छ ।
रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि आज परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहजित राईले जानकारी दिएका छन् ।
ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई गत वैशाख ८ गतेदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो । रथलाई गा:बहाल, मंगलबजार, सुनधारा हुँदै लगनखेल पुर्याइएपछि बलि पूजा सम्पन्न गरी भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहँदै आएको छ ।
धार्मिक परम्परा र संस्कृतिको सम्मानका साथ महानगरपालिकाले तीन वर्षअघि देखि ‘नरिवल खसाल्ने’ दिनलाई स्थानीय बिदा दिन २०८१ बैशाख १८ मा स्थानीय राजपत्रमा प्रकाशित गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij