Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

कालीगण्डकी नदीले बगाउँदा बालकको मृत्यु

कालीगण्डकी नदीले बगाउँदा बालकको मृत्यु

  • काठमाडौँ । कालीगण्डकी नदीले बगाउँदा शनिबार (वैशाख १२) एक बालकको मृत्यु भएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनी श्राद्धस्थलनजिकबाट नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ की ३२ वर्षीय विमला गौलीसहित १२ जनाको टोली शनिबार कागबेनीमा श्राद्ध गर्न पुगेको थियो। उक्त स्थानमा दिवंगत पितृका नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण अचानक नदीमा बेपत्ता भएका थिए ।

    AGNI GROUP

    हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने सूचनापछि सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो।

    त्यसक्रममा श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका निम्ति प्रदेश अस्पताल जोमसोम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट