Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला दुई हजार २०० रुपैयाँले गिरावट आएको छ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार घटेर दुई लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला पाँच हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ९४५ रुपैयाँमा झरेको छ। यसरी आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउमा फेरबदल भइरहेको महासंघले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij